एमालेकाे ११औँ महाधिवेशनमा धादिङबाट १० हजार जना सहभागी गराईने

एमालेकाे ११औँ महाधिवेशनमा धादिङबाट १० हजार जना सहभागी गराईने

  • Kandara Samachar

  • शनिबार, मंसिर २१, २०८२

  • 119
    SHARES
एमालेकाे ११औँ महाधिवेशनमा धादिङबाट १० हजार जना सहभागी गराईने

धादिङ

नेकपा एमाले धादिङको सचिवालय बैठक आज सम्पन्न भएको छ। बैठकले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन धादिङ जिल्लाबाट १० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकलाई सहभागी गराउने निर्णय गरेको छ।

 

११औँ महाधिवेशनका लागि आगामी एक हप्ता जिल्लाभर घरदैलो जनपरिचालन अभियान सञ्चालन गरिने बैठकले तय गरेको छ।

जनताकाे घरदैलाेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका निमन्त्रणा कार्ड लिएर केन्द्रीय नेताहरु घरघरमा पुग्ने याेजना एमालेे बनाएकाे छ।

महाधिवेशनमा जनपरिचालनलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रले धादिङमा पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेवाङ र सूर्य ढकाललाई एक हप्ताका लागि खटाएको नेकपा एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाले दिनुभएको छ।

सचिवालयका पदाधिकारी तथा केन्द्रीय नेताहरू मिलेर जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर घरघरमै जनसंपर्क गर्ने र महाधिवेशनको सन्देश प्रवाह गर्ने तयारी गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar