ज्वालामुखी गाउँपालिका हेल्दि भिलेज बन्ने

ज्वालामुखी गाउँपालिका हेल्दि भिलेज बन्ने

  • Kandara Samachar

  • बिहिबार, मंसिर १९, २०८२

  • 77
    SHARES
ज्वालामुखी गाउँपालिका हेल्दि भिलेज बन्ने
oplus_0

धादिङ ।

ज्वालामुखी गााउँपालिका हेल्दी भिलेज बन्ने भएकाे छ ।

ज्वालामुखी गाउँ पालिकामा स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हातधुने प्रणाली, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ , स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन जस्ता क्रियाकलाप सञ्चालन गरि गाउँ पालिकालाई हेल्दी भिलेज बनाइने परियाेजना २ वर्षसम्म संचालन गरिने याेजना रहेकाे फाेकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले बताउनुभयाे ।

ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स हेल्दी भिलेज’ कार्यक्रम अन्तर्गत ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

म्याक्स फाउण्डेशनकाे आर्थिक सहयाेगमा फाेकस नेपालले गाउँपालिकाकाे समन्वयमा परियाेजना संचालन गर्ने कार्यक्रम शुभारम्भकाे अबसरमा जानकारी दिईयाे ।

गाउँ पालिका अध्यक्ष यमनाथ दनैकाे अध्यक्षतामा भएकाे शुभारम्भ तथा परिचयात्मक कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको अवस्था र सेवाबारे जानकारी गराउनुभयाे । । विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चुइगम —निषेध गरिएको जानकारी दिँदै बालबालिकाको पोषण तथा स्वास्थ्य व्यवहार सुधारलाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

संविधानसभा सदस्य गुरु बुर्लाकाेटीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष धर्मबहादुर अर्याल, वडा अध्यक्षहरु, जिल्ला स्थित कृषि, जनस्वास्थ्य, लगायतका कार्यालय प्रमुखहरुकाे सहभागिता थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar