सामुुदायिक बन कार्ययोजना नविकरण प्रथमिकतामा : डिभिजन वन प्रमुख पाेखरेल

सामुुदायिक बन कार्ययोजना नविकरण प्रथमिकतामा : डिभिजन वन प्रमुख पाेखरेल

  • Kandara Samachar

  • बिहिबार, मंसिर ५, २०८२

  • 173
    SHARES
सामुुदायिक बन कार्ययोजना नविकरण प्रथमिकतामा : डिभिजन वन प्रमुख पाेखरेल

धादिङ

डिभिजन वन कार्यलय धादिङका रोशना पोखरेलले धादिङमा सामुदायिक वनको नविकरणलाई प्राथमिकता दिएर काम अघि बढाइने बताउनुभएको छ ।

जिल्लाका पत्रकारहरसंगकाे भेटघाट कार्यक्रममा डिभिजन बन प्रमुख पाेखरेलले वन क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न साामसदायिक बन नविकरण सबै बनकाे गर्ने र प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयाे ।

नेपालकै सबैभन्दा धेरै सामुदायिक वन भएको जिल्ला धादिङमा नविकरणका चुनौती बढिरहेका बेला उहाँले पहिले नविकरणको कामलाई अघि बढाइने जानकारी दिनुभयो।

धादिङमा ७ सय १८ सामुदायिक वन रहेको छ।

जिल्लामा पारिजात संरक्षण, गणेश हिमाल संरक्षण, चिउरी–चमेरो संरक्षण, सालक संरक्षण, नक्षेत्र बाटिकका र रुबीभ्याली क्षेत्रका जैविक विविधता संरक्षण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिँदै यसअघि बनाइएकाे बन सम्बन्धि कार्यक्रम पछ्याउने बताउनुभयाे।

धादिङकाे त्रिपुरासुन्दरी गाउँँपालिकामा एउटै रुखमा

२७ प्रजातिका विरुवा भएको दुर्लभ वनस्पतियुक्त बोटसमेत भेटिएको छ, जसको अनुसन्धानका लागि राष्ट्रिय वनस्पति विभागका विशेषज्ञहरू आउने तयारीमा छन् । समिकाे रख एकैठाउँमा धेरै पाइएकाे सल्यानटार समेत चर्चित छ ।

जिल्लामा पारिजातको जंगल धेरै भएकोले पारिजात फुलको चिया उत्पादनलाई प्रामोट गर्न मन्त्रालयमा पहल गरिने पनि उहाँले जानकारी दिनुभयो।

डिभिजनल वन अधिकृत पोखरेल कात्तिक २१ गते धादिङ आउनुभएको हो । उहाँ यसअघि नुवाकोट डिभिजन वन कार्यलयमा प्रमुखकाे रुपमा कार्यरत हुनुहुन्थ्यो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar