विभिन्न मुद्दाका फरार प्रतिवादी र कैदी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी र कैदी पक्राउ

  • Kandara Samachar

  • आइतवार, कार्तिक २४, २०८२

  • 189
    SHARES
विभिन्न मुद्दाका फरार प्रतिवादी र कैदी पक्राउ

धादिङ ।

जिल्ला प्रहरी कार्यालय धादिङले फरार रहेकासहित विभिन्न मुद्दामा अदालतले फैसला गरी कैद तथा जरिवाना तोकिएका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अदालतबाट कैद तथा जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको हो।

प्रहरीले पक्राउ परेकामध्ये धादिङको नीलकण्ठ नगरपालिका–११ का सोमलाल तामाङलाई सरकारी सम्पत्तिमा अनधिकृत काम गरी भ्रष्टाचार गरेको अभियोगमा तीन महिनाको कैद सजाय तोकिएको र उनलाई पक्राउ गरिएको जनाएको छ।

त्यस्तै नीलकण्ठ–१४ का विरबहादुर गुरुङलाई अवैध सालका काठ कटान गरेको अभियोगमा, नीलकण्ठ–३ का अजय कॅ.सी. र नीलकण्ठ–४ का राजु कुमार श्रेष्ठलाई चेक अमानतसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, नीलकण्ठ–११ का सोमलाल तामाङ (प्रत्येक वर्ष फरक उमेर विवरण) पनि फरार सूचीमा रहेका थिए। पक्राउ परेका सबैलाई अदालतको आदेश अनुसार कैद तथा जरिवाना कार्यान्वयनका लागि पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, Zen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका कैदी राम तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ढोका चोरी मुद्दामा दोषी ठहर भई एक वर्षको कैद र तीन हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई मिति ०८१ कार्तिक २२ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका–९ महेशखोलाबाट पक्राउ गरी बाँकी कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहाले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar