जनस्वास्थ्य कार्यलय धादिङको दुईदिने वार्षिक समीक्षा

जनस्वास्थ्य कार्यलय धादिङको दुईदिने वार्षिक समीक्षा

  • Kandara Samachar

  • आइतवार, कार्तिक २४, २०८२

  • 115
    SHARES
जनस्वास्थ्य कार्यलय धादिङको दुईदिने वार्षिक समीक्षा
oplus_2

धादिङ

जनस्वास्थ्य कार्यलय धादिङले जिल्लाका १३ पालिका, प्रदेश स्तरीय आयुवेद र धादिङ अस्पताल समेतकाे सहभागितामा दुईदिने समीक्षा गरेकाे छ ।

जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कूलमान विश्वकर्माले उद्घाटन गर्दै स्वस्थ जीवनका लागि स्वस्थ बानी–व्यवहार, सन्तुलित खानपान र नियमित योग अभ्यासज, व्यायाममा ध्यान दिन आग्रह गर्नुभयो।

स्थानीय सरकार अन्तरगतका स्वास्थ्य सेवा प्रदायकले निरन्तर सेवा प्रवाहमा जुटिरहनुपर्नेमा विश्वकर्माकाे जाेड छ ।

कार्यक्रममा बागमती प्रदेश जनस्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यलय धादिङको वार्षिक कार्यप्रगतिको समीक्षा गरिएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख अर्जुन पौडेलले जनस्वास्थ्य कार्यलय र स्थानीय सरकारबीच सहकार्यका क्रममा देखा परेका चुनौतीहरू समाधान गर्न तथा बाँकी कामहरू प्रभावकारी रूपमा सम्पन्न गर्न समीक्षा गोष्ठी महत्वपूर्ण हुने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्वास्थ्य संस्थाहरूको अनुगमन र नियमन कार्यमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यलयले त्यसमा सघाउने प्रतिबद्धता जनाउनुभयो।

जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख श्री डा. खगेश्वर गेलाल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।

सात सरकारी अस्पताल, पाँच नीजि अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४४ स्वास्थ्य चाैकी, चार आयुर्वेद औषधालय, २६ सामुदायिक स्वास्थ्य ईकाइ, ३९ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ सय ५४ महिला स्वास्थ्य स्वयंसेविकाबाट स्वास्थ्य सेवामा दिइएकाे छ । जिल्लाभर ०८१/८२ मा १ लाख ८ हजार ४ सय ९५ जनाले वहिरंग सेवा लिएभने १ लाख ४ हजार ६ सय ८ जना दाेहाेर्याएर सेवा लिएकाे जनस्वास्थ्य कार्यालय धादिङका अधिकृत नीरजध्वज घर्तीले बताउनुभयाे ।

समिक्षाकाे क्रममा बच्चा ताताेपार्ने बेबी वारमर मर्मतमा समस्या, लामाे समय चिसाे राख्ने काेल्ड बक्सकाे अभाव, परिवार नियाेजनका साधन १२ महिना उपलबहुनुपर्नेमा अभाव हुने गरेकाेले समस्या समाधान गर्न आग्रह गरिएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar