– सुदिप अधिकारी /धादिङ (गल्छी)
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले चुनावको वातावरण नबनाएको र चुनाव गराउने आसय समेत नराखेको बताउनुभएको छ ।
नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय समन्वय कमिटिद्वारा गल्छीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले गणतन्त्र र न्यायको पक्षमा लागेका एमाले लगायतका नेताहरुलाई प्रहार गरिएकोले चुनावी वातावरण सरकारले नबनाएको बताउनुभएको छ ।
विभिनन अपराधमा सम्लग्नलाई प्रहरीले पक्राउ गर्ने र गृहमन्त्रीले छाड्ने गरेकोले चुनावको वातावरण नबनेकोले यो सरकार चुनाव गराउन नसक्ने उपमहासचिव ज्ञवालीको धरणा व्यक्त गर्नुभयो ।

अहिले ५ हजारभन्दा बढी कैदी जेलबाहिर बसेर मानिस मार्दै हिडेका छन्, गोली तथा बन्दुक लुटेर हिडेका मानिस बाहिर बसेको अवस्थामा चुनाव गराउने शान्तिपूर्ण वातावरण नबनेको ज्ञवालीको भनाइ छ ।
सरकारले बनाएको छानविन आयोगप्रति आपत्ती जनाउँदै एमाले उपमहासचिव ज्ञवालीले मनमा पूर्वाग्रह राखेर कुन नेतालाई के कारबाही गने भन्ने कुरा पहिल्यै फैसला फेसबुकबाट सार्वजनिक गरेकोले छानविन आयोगलाई खारेज गर्दै सर्वोच्च अदालतको न्यायधिसको संयोजकत्वमा बनाएको छानविन आयोगलाई मात्र मान्य हुने ज्ञवालीको भनाइ छ ।
देशमा आगो लगाएर सुनियोजित रुपमा नेपाल जलाइएको भन्दै उपमहासचिव ज्ञवालीले जेन्जी आन्दोलन इतिहासकै दुर्दान्त दिनको संज्ञा दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले खरानीबाट जन्मेको सरकार राष्ट्र सिध्यान लागेको बताउनुभयो । एमाले चाडबाडको शुभकामनासंगै आन्दोलनको तायरी गरेको समेत त्रिपाठकिो भनाइ थियो ।
नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय समन्वय कमिटिका संयोजक प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको कमिटिका सचिव राजकुमार रिमालले संचालन गर्नुभएको थियो ।
यसअघि युवासंघ नेपाल र अनेरास्ववियुले धुनीबेसीको सुरुङमार्ग र मलेखुबाट मोटरसाइकल र्याली समेत गरेको थियो ।
