जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ

जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ

  • Kandara Samachar

  • सोमवार, अशोज २०, २०८२

  • 268
    SHARES
जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ

काठमाडौं ।

जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए ।

तस्बिर स्रोत- अनुप सिटौला  प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ ।

यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।

उनले आन्दाेलनका दिन सुरक्षाकर्मीसँग यस्ताे भनेका थिए

‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । सर मेरो आँखामा डर छ  ? म बोलिराछु जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ  ? एक इन्च डर छ मेरो आँखामा  ? डर छ सर  ? (पटक-पटक दोहोर्‍याए ।) म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग।  त्यसैले तपाँइहरू पनि  बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् । ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन ।’

(नेपाल प्रेस डटकम)


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar