
धादिङ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाको योजना बैँकबाट आगामी वर्षदेखी सबै किसिमको कार्यक्रम र योजनाहरु संचालन हुने गरि दोश्रो पंचवर्षीय योजना लागु गरिने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको जेसि तथा सामाजिक परीक्षण एवं आवधिक योजना परामर्श कार्यशालाको अबसरमा बुधबार छलफल गर्दै सबै वडाहरुमा छलफल गरेर योजना बेन्ँकका लागि योजना पठाउन समेत आग्रह गरिसकेको बताउनु भएको छ ।
सबै किसिमको विकासको योजनाहरुमा लेंगिक मैत्री ढुंगले कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रमुख ढुंगानाले अब नितिगत रुपमा व्यवस्था भएको टोल विकास संस्थाहरु गठन गर्न वडा अध्यक्षहरु लाग्नु पर्नेमा जोड दिनुभयो । हालसम्म केही वडा बाहेक नीलकण्ठ नगरपालिकामा टोल विकास संस्थाहरु गठन हुन सकेका छैनन् ।
दोश्रो पंचवर्षीय योजना छलफल गरि लागु गर्ने चरणमा रहेको नीलकण्ठ नगरपालिकाले वडा तहमा, विज्ञहरु समेत राखेर छलफलहरु गराएको छ भने कार्यपालिका समेत बसेर विभिन्न विषयत रुपमा छलफल समेत भइरहेको छ ।
सबै किसिमको विकास योजना निति र विधिबाट हुने भएकोले नितिगत रुपमा अघिबढ कार्यपालिका र कर्मचारीलाई आग्रह गर्दै नगरप्रमुख ढुंगानाले जनताको लागि निरन्तर काम गर्न आग्रह गर्नुभयो ।
नीलकण्ठ नगरपालिकाको महिला शशक्तिकरण कार्यक्रम, आवधिक योजनाको नितिहरुका बारेमा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइराला, नीलकण्ठ नगरपालिकाको वार्षिक रुपमा संचालन भएका योजना तथा कार्यक्रमका बारेमा प्रशासकिय अधिकृत लोकनाथ उपाध्याय र सामाजिक परीक्षणको नीतिगत विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले विषयवस्तुमाथी प्रष्ट पार्नुभएको थियो ।
नीलकण्ठ नगरपालिकामा हालसम्म १ सय १८ ओटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र अन्य कानून निति समेत राजपत्रमा प्रकाशन भएको छ ।
नीलकण्ठ नगरपालिकामा हाल ९० दशमलब ५ किमि सडक कालोपत्रे, ४ सय किलोमिटर कच्ची सडक, १ सय १७ किलोमिटर ग्राभेल सडक रहेको छ ।
आव ०८१/८२ मा नीलकण्ठ नगरपालिकामा २ सय ९७ ओटा योजनाहरु रहेकोमा २ सय ६२ योजनाहरु सम्पन्न भएको थियो भने ७ ओटा योजना सम्झौता नै नभएको र २८ ओटा योजनाहरुको काम अधुरो रहेको सूचना अधिकारी समेत रहनुभएका उपाध्यायले जानकारी दिनुभयो ।
आव ०८१/८२ मा १ अर्ब २२ करोड ९३ लाख ९२ हजार ४ सय बिनियोजित बजेटमध्ये ९९ करोढ २५ लाख ५९ हजार ५ सय ५८ रुपैयाँ ५० पैसा अर्थात ८० दशमलब ७३ प्रतिशत खर्च गरेको छ । आव ०८२/८३ कालागि १ अर्ब २२ करोड ९३ लाख ९२ हजार ४ सय रुपैयाँ नै बजेट बिनियोजित गरिएको छ ।