धादिङमा अनेरास्वावियुकाे एसइइ सम्मान सम्पन्न

धादिङमा अनेरास्वावियुकाे एसइइ सम्मान सम्पन्न

  • Kandara Samachar

  • सोमवार, असार ३०, २०८२

  • 861
    SHARES
धादिङमा अनेरास्वावियुकाे एसइइ सम्मान सम्पन्न

धादिङ

अनेरास्ववियु धादिङले एसइइ सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

अनेरास्ववियु अध्यक्ष श्याम लामाकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा एसइइमा २ दशमलब ४ भन्दा बढी अंक ल्याएका धादिङका १ सय ६२ जनालाई सम्मान गरिएकाे छ ।

४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माविका सन्ध्या तिमल्सिना, न्यू किबो बोर्डिङ स्कुलका आयुष शर्मा, समिर भण्डारी, चिल्ड्रेन पार्क स्कुलका प्रिसिला तामाङ, जनकल्याण माध्यमिक विद्यालयका सौरभी वाग्ले, समृद्धि दाहाल, गजुरीपिडा माध्यमिक विद्यालयका ईश्वर भण्डारी, सुनौलो भैरवी माध्यमिक विद्यालयका प्रशंषा श्रेष्ठ सहितलाई सम्मान गरिएकाे हाे ।

सम्मान कार्यक्रमकाे प्रमुख अतिथि अनेरास्ववियु अध्यक्ष डा. सुदन कडरिया, अतिथि नेकपा एमाले धादिङ इन्चार्ज खेम लाेहनी लगायतले सुनाैलाे भविश्यका लागि देशमै बसेर अध्यायन गरेर आफ्नाे र देशका लागि काम गर्न आग्रह गर्नुभयाे ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar