बसेरीमा एकवडा एक उत्पादनकाे अनुगमन

बसेरीमा एकवडा एक उत्पादनकाे अनुगमन

  • Kandara Samachar

  • बुधबार, असार १८, २०८२

  • 90
    SHARES
बसेरीमा एकवडा एक उत्पादनकाे अनुगमन

धादिङ

एक वडा एक उत्पादन अन्तर्गत गंगाजमुना गाउँपालिका ६ बसेरीलाई धान उत्पादन वडा घाेषणापछि कृषि विकास कार्यालय धादिङकाे तर्फबाट अनुगमन गरिएकाे छ ।

 किसान लक्षित समुदायमा आधारित ‘एक वडा,एक कृषि उत्पादन’ कार्यक्रमको  कृषि विकास कार्यालय धादिङ, गंगाजमुना गाउँपालिका र समुदायको साझेदारीमा लागु भएको  कार्यक्रमको बुधबार प्राविधिक सहितकाे टाेलीले संयुक्त अनुगमन गरेको हाे ।

गंगाजमुनाको धानबाली पकेट क्षेत्रमा कृषि विकास कार्यालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र समुदाय श्रमदानको २० प्रतिशत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष २०८१/८२ मा ७ सय ५२ जना किसानलाई बिउ वितरण, ३२ जना किसानलाई मिनि टेलर, १६ समुहलाई स्प्रे मेशिन, धान काट्ने मेशिन ९ वटा, डिजिटल तौल मेशिन, रोग किरा नियन्त्रणको लागि बिषाधी वितरण गर्नुका साथै आधुनिक प्रविधिको धान मिल र धान गोदाम घर निर्माण गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयाे।

कार्यक्रम अन्तर्गत ४ लाख लागतमा कुलो निर्माण गरिएको छ । कृषि विकास कार्यालयको ४० लाख, गाउँपालिकाको १३ लाख ३४ हजार र  समुदायको १३ लाख ६६ हजार गरी कुल ६७ लाख लागत यी काम सम्पन्न भएको कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनमा गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल, कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेल,  सूचना अधिकारी एवं बालि संरक्षण अधिकृत जयराम अधिकारी, कन्सलटेन्ट ईन्जिनियर अश्विन हुँमागाई, बसेरी साना किसान सहकारी संस्था लि.का अध्यक्ष दलसिंह नेपाली लगाएत  सहभागी थिए ।

कार्यक्रममा वडाध्यक्ष रमेश ढकालले नागरिकको समृद्धिका लागि किसान लक्षित यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर जारी राख्ने बताउनुभयो ।

 कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेलले यो पञ्चवर्षीय योजना अन्तर्गतको कार्यक्रम रहेको भन्दै यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । किसानको उत्पादनशक्ति वृद्धि गर्न यो कार्यक्रमले ठूलो योगदान पुर्याउने र आधुनिक कृषि प्रविधिको प्रयोगबाट किसानलाई आत्मनिर्भर बनाउने उहाँको भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar