
धादिङ ।
किताबमा धान कसरी राेक्ने र कसरी फलाउने मात्र पढेका विद्यार्थीहरुलाई एड्भान्स् एकेडेमीले हिलाे खेतमा धान राेप्न सिकाएकाे छ ।
कापधान दिवस २०८२ काे अबसरमा विधार्थीहरुले धान रोपाइँ कार्यक्रम सम्पन्न गरेका छन् ।
धान दिवसको अवसरमा सामाजिक विषय अन्तर्गत विद्यालयकाे तर्फबाट अतिरिक्त विभागीय प्रमुख सुनिता तामाङ र नेपाली विषय विभागीय प्रमुख मथुरा राना मगरको नेतृत्वमा कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरुले नीलकण्ठ नगरपालिका वडा नमवर -९ भ्वाने आँसी खोला खेतमा धान राेपाइँ गरिएकाे थियाे ।
उत्साहपुर्वक सहभागितामा धान रोपेका विद्यार्थीहरु खेतमा रोपाइँको अनुभव लिन पाउँदा निकै खुसी देखिन्थे । जसका उदेश्य नयाँ पुस्तालाई कृषि र परम्परासँग परिचित गराइ धान खेतीमा वैज्ञानिककरण र आधुनिक कृषिमा नवप्रवर्तन्को सोचको विकास गर्ने विद्यार्थीहरुलाई पुस्तक बाहेक वास्तविक जीवन शिक्षासँग जोड्दै कार्यक्रमहरु आयोजना गर्ने गरेका विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले बताउनुभयो ।