
धादिङ ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् ।
तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो ।
प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने भएकोले सकारात्मक रुपमा समाज परिवार्तनको हिस्सा समेत शिक्षक बन्न आग्रह गनुृभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले समाजको सम्वाहक र शैक्षिक अभियानता शिक्षकहरु शक्तिशाली भएको बताउनुुभयो । शिक्षक अपडेट नभए डाइनोसर हुने भन्दै आफूलाई क्षमतावान बनाएर प्रविधि र विकाससंग अपडेट हुन आग्रह गर्नुभयो । सबै परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण योगदान गरेको बताउँदै सुवेदीले राजनीतिक दलहरुले नसिकाएको समाज चेतनाका कुरा शिक्षकहरुले सिकाउनुपर्ने बताउनुुभयो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले समाजको अगुवा शिक्षकले वर्ष भर पढेर २ घण्टामा परिक्षा लिने तरिकालाई निरन्तर मूल्यांकन प्रणालीमा लैजानका लागि आग्रह गर्नुभयो ।
तालिममा शिक्षकको पेशागत विकास, ऐन तथा नियमावली, पाठ्यक्रम तथा सहजीकरण विधि र कार्यमूलक अनुसन्धान लगायतका विषयमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइका परियोजनाका जिल्ला संयोजक नवराज पाठकले तालिमको सहजीकरण गर्नुभएको थियो ।