धुनिवेशीकाे कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन प्रथमिकतामा, ९५ करोडको बजेट पारित

धुनिवेशीकाे कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन प्रथमिकतामा, ९५ करोडको बजेट पारित

  • Kandara Samachar

  • बुधबार, असार ११, २०८२

  • 179
    SHARES
धुनिवेशीकाे कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन प्रथमिकतामा, ९५ करोडको बजेट पारित

धादिङ : 

धादिङको धुनिवेशी नगरपालिकाको नगरसभा तथा १७ औँ अधिवेशन सम्पन्न भएको छ । नगरपालिका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको नगरसभामा सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जना मार्फत समृद्ध नगरपालिका निर्माणको योजना सहितकाे निति तथा कार्यक्रम नगर प्रमुख आचार्यले प्रस्तुत गर्नुभयाे ।

 न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ

नगरपालिका प्रमुख  आचार्यले नगरसभामा पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मतिले पास गरेको हो ।

नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ । जस्तै “धुनिवेशी नगरपालिकाको सम्वृद्धिको अधार, शिक्षा,स्वास्थ्य, कृषि,पर्यटन र व्यापार सहितको पृर्वाधार ” कृषि तथा पशुपालन क्षेत्र विस्तार’ ’एक वडा एक उत्पादन’ जेष्ठ नागरिक सेवा जस्ता विषय बस्तु नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

नीति तथा कार्यक्रमले फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

धुनीबेसी नगरपालिकाकाे नगर सभामा नगर उपप्रमुख सुरज उप्रेतीले ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।

नगरले आर्थिक विकास तर्फ ६ करोड १३ लाख, सामाजिक विकास तर्फ ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ,पूर्वाधार विकास तर्फ ३८ करोड ४२ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ५२ लाख र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ४२ लाख बजेट क्षेत्रगत रुपमा प्रस्तुत गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar