
धादिङ ।
धादिङका आधारभुत तह (कक्षा १ देखि ५) का नवप्रवेसी शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले सेवा प्रवेश सम्बन्धी तालिम संचालन गरेको छ ।
तिन दिनसम्म संचालन हुने तालिममा शैक्षिक सामाग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रकृया, शिक्षकको पेशागत विकास, सेवा सुविधा र सर्तहरु, शिक्षण सहजीकरण प्रकृया, एकिकृत पाठ्यक्रम, विद्यार्थी मूल्यांकन, शैक्षणीक योजना, प्रश्न निर्माण र विश्लेषण तथा योगका बारेमा सहभागिहरुलाई जानकारी गराइ शिक्षण सिकाइ उपलब्धी वृद्धि गर्ने गरि तालिम संचालन भएको जनाइएको छ ।
तालिमको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदी, आधारभुत विद्यालय सुधार परियोजना (जाइका) जिल्ला संयोजक नवराज पाठक, नीलकण्ठ माविका शिक्षक नारायण खत्री, दिपेन्द्र रिजाल, शंखदेवि माविका प्रधानाध्यापक नित्यानन्द सुवेदी, नीलकण्ठ नगरपालिका शिक्षा शाखाका प्रमुख प्रकाशदत्त भट्टले सहजीकरण गर्नुहुनेछ ।
आइतबारबाट तिनदिनसम्म संचालन हुने तालिममा सेवा प्रवेश गरेर नियुक्ति लिएका आधारभुत तहका (कक्षा १-५) का ३८ जना शिक्षकहरुको सहभागिता रहेको छ ।
यो दोश्रो चरणको तालिम हो भने यसअघि ३२ जनाले तालिलम लिएर अध्यापन गरिरहेका छन् ।