
धादिङ।
नेत्रावती डवजोङ गाउसभाको १७ औँ अधिबेशन सम्पन्न भएको छ । अधिबशेनमा अध्यक्ष मेघनाथ रिजालले प्रस्तुत गर्नु भएको आगामी बर्षको निति तथा कार्यक्रम सर्व सहमतले पास भएको छ ।
गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको छ ।
संविधानले प्रत्याभूत गरेका दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा नीतिगत र व्यवहारिक पहल गरिने बताईएको छ । स्थानीय तहमा रोजगारी सिर्जना, उत्पादन क्षमता अभिवृद्वि र आत्मनिर्भरता हासिल गर्ने रणनीतिमा जोड निति लिएको छ । खानेपानीको पहुँच विस्तार गरी एक घर एक धारा निर्माण गर्ने, उद्यमशिलताको अभिवृद्धि गरी स्वरोजगार सृजना तथा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गरी रोजगारी र उत्पादनमा वृद्वि गरी आर्थिक विकास गर्ने, कृषिमा व्यावसायीकरण, औद्योगिकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने लक्ष्य लिएको छ ।
नेत्रावती डवजोङ गाउँपालिकाले आगामी बर्षमा बिशेष गरी सडक,शिक्षा, कृषि,स्वास्थ्य र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी बर्ष गाउँपालिकाले टुक्रे योजना कम गर्ने निति लिएको छ । कृषिमा पालिकाले बजारीकरणको लागी बिशेष पहल गर्ने भएको छ । एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाका भित्रका बिद्याथीहरुलाई मेरो शेयर र डिम्याट एकाउन्ट खोल्ने कार्यको थालनी गरिने भएको छ ।
अधिबेशनमा उपाध्यक्ष सितामाया चोदेनले प्रस्तुत गर्नु भएको बजेट सर्व सहमत पास गरिएको छ । उपाध्यक्ष चोदेनले ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाको बजेट पेश गर्नु भएको थियो ।