विकास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेको छ ः एमाले  वरिष्ठ उपाध्यक्ष पोखरेल

विकास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेको छ ः एमाले  वरिष्ठ उपाध्यक्ष पोखरेल

  • Kandara Samachar

  • शनिबार, असार ७, २०८२

  • 143
    SHARES
विकास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेको छ ः एमाले  वरिष्ठ उपाध्यक्ष पोखरेल

– नानु कार्की/ धादिङ

राष्ट्रबादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ ।
नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेर एमालेले गरिरहेको विकास रोक्न र नेपाललाई कमजोर बनाउन एमालेमाथीको हमला भइरहेको बताउनुभएको हो ।
नेकपा एमाले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको, मानवअधिकार र शुशासनको पक्षमा लागेर वंशपराम्पराको शासन नभइ जनताले चुनेको व्यक्तिको शाशनको पक्षमा निरन्तर लागेकोले एमालेमाथी हमला भएको उल्लेख गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले गारेको विकाससंग आतिएकाहरुले विरोध गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो , “नवलपरासीको फलाम खानी, दैलेखको पेट्रोलियम पदार्थ, लगायतका विकास गर्दै जाँदा एमाले बलियो भएर देश राष्ट्रियता बलियो बन्छ , समृद्ध र विकास हुन्छ भनेर डराएकाहहरुले एमालेमाथी हमला गरिहेको छ”
एमाले राष्ट्रियताको पक्षमा, सामाजिक सद्भाव र आर्थिक विकासको पक्षमा, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमाले दृढतापूर्वक लाग्ने बताउँदै एमालेमाथी भएको चौतफी हमलाको कडा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एमालेमाथी हमला गर्नेहरुको शशक्त प्रतिवाद गर्नेहरु नै सक्कली एमाले भएको बताउनुभयो ।
पार्टी कार्यकर्ताहरुलाई पार्टी भित्रको एकता कायम गर्न जरुरी रहेको बताउँदै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सानो पार्टी हुँदा सानो चुनौतीहुने र अहिले पार्टी ठूलो भएको, देश चलाउने अवस्थामा भएको बेलामा ठूला चुनौतीहरु आएको भएपनि एमालेले चुनौतीहरुलाई सामना गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा तत्कालिन भूमिगत भएर पनि जनपक्षीय उम्मेदवार, भूमिगत रुपमा पार्टीलाई जनतासामु लैजाने, संगठन निर्माण गर्ने, सेल्टर दिने नेता कार्यकर्ताहरुलाई नेकपा एमालेले सम्मान गरेको छ ।


धुनीबेसीका कष्णदास श्रेष्ठ, ध्रुब शर्मा रुपाखेती, थाक्रेका उत्तम अर्याल, खेमबहादुर थापा, कृष्णप्रसाद अर्याल, गल्छीका परशुराम नेपाल, भरत लामा, गजुरीका रामकृष्ण अधिकारी, शिवराज डल्लाकोटी, बेनिघाटरोराङका रामबहादुर रावल, हरी घिमिरे, भुवलाल श्रेष्ठ, सिद्धलेकका प्रेमराज पुरी, ललितादेवी अर्याल, नीलकण्ठका ठमबहादुर थापामगर, चन्द्रबहादुर दर्लामी, ज्वालामूखीका इन्द्रकुमारी श्रेष्ठ, तोरणबहादुर भण्डारी, नेत्रावतीका  प्रभा श्रेष्ठ, बिरबहादुर गुरुङ, त्रिपुरासुन्दरीका गोपाल श्रेष्ठ, रमेश सिंखडा, गंगाजमुनाका सुकदेव रेग्मी, अम्मर अधिकारी, विष्णु सिंखडा, खनियाबासका ठुटे तामाङ र रुबभ्यिालीका अम्मर लामा लाई नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष पोखरेलले प्रतिनिधि परिषदको अबस्रमा सम्मान गरेको नेकपा उमाले धादिङका सचिव राधिका सापकोटाले बताउनुभयो ।
नेकपा उमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको प्रतिनिधि परिषदले भूमि त्रिपाठीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साँगठनिक प्रतिवेदन, लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
१० हजार ४ सय ९२ जना पार्टी सदस्य रहेको नेकपा एमाले धादिङको प्रथम प्रतिनिधि परिषदमा ५ सय ८६ प्रतिनिधि सहभागि भएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar