अन्तर्राष्ट्रिय योग दिवस: धादिङमा याेगपदयात्रा र याेगाभ्यास सहित प्रवचन

अन्तर्राष्ट्रिय योग दिवस: धादिङमा याेगपदयात्रा र याेगाभ्यास सहित प्रवचन

  • Kandara Samachar

  • शनिबार, असार ७, २०८२

  • 287
    SHARES
अन्तर्राष्ट्रिय योग दिवस: धादिङमा याेगपदयात्रा र याेगाभ्यास सहित प्रवचन

धादिङ

धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए।

कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले गर्नुहुँदै योगलाई जीवनशैलीको रूपमा आत्मसात् गर्न आग्रह गर्नुभयो। “योगले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, सकारात्मक सोच र जीवनमा अनुशासन ल्याउँछ,” उहाँले भन्नुभयो।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समाज र टोलमा सकारात्मक भावना फैलाउन योग अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले योगमार्फत मानसिक शान्ति र सामाजिक सौहार्द बढाउन सकिनेमा जोड दिनुभयो।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा केन्द्र धादिङका प्रमुखले योग शरीर, मन र आत्मालाई जोड्ने माध्यम भएकाले योगबाट मोक्ष प्राप्त गर्न र तत्वज्ञान पाउन सकिने उल्लेख गर्नुभयो।

धादिङबेसीको पुछारबजारबाट सुरु भएको योग पदयात्रा सिरानबजार हुँदै सिटी हलमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा सहभागीहरुले सामूहिक योग अभ्यास गरिरा थियाे  ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar