सिद्धलेक गाउँपालिकाको ऐतिहासिक कदम : समयमै नीति कार्यक्रम र बजेट सार्वजनिक 

सिद्धलेक गाउँपालिकाको ऐतिहासिक कदम : समयमै नीति कार्यक्रम र बजेट सार्वजनिक 

  • Kandara Samachar

  • शुक्रबार, असार ६, २०८२

  • 197
    SHARES
सिद्धलेक गाउँपालिकाको ऐतिहासिक कदम : समयमै नीति कार्यक्रम र बजेट सार्वजनिक 

धादिङ

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले पहिलोपटक समयमै नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेको छ।

गाउँ पालिका अध्यक्ष खतिवडाले गाउँ सभामा निति कार्यक्रम प्रस्तुत गर्दै जनताकाे माग, पालिकाकाे क्षमताकाे आधारमानीति कार्यक्रम बनाइएकाे बताउनुभयाे ।

 गाउँसभाको १७ औं अधिवेशनबाट पालिकाले कुल ६० करोड ५७ लाख ८४ हजार ९ सय १४ रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको हो।

पालिका अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्ताव गर्नु भएको हो। विगतमा तोकिएको मितिमा बजेट ल्याउन नसक्ने गरेकोमा यसपटक भने निर्धारित मिति (असार १०) भन्दा पहिले नै बजेट ल्याएर सिद्धलेकले नयाँ उदाहरण प्रस्तुत गरेको छ।

अध्यक्ष खतिवडाका अनुसार विगतको अनुभवको आधारमा बजेट तयारी समयमै थालिएकाले म्यादभित्र बजेट पेस गर्न सम्भव भएको हो। बजेटमा सडक, शिक्षा, कृषि, पशुपालन र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिइएको छ। कृषिमा लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिने र पशुपालन क्षेत्रलाई पनि परिणाममुखी बनाउने लक्ष्य लिइएको छ।

उपाध्यक्ष अर्यालले बजेट स्थानीय जनताको आवश्यकता र सुझावका आधारमा बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ५ हजार पोषण भत्ता, घरघरमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निशुल्क एम्बुलेन्स सेवा, र स्थानीय उत्पादनको बजारीकरण जस्ता कार्यक्रम समेटिएका छन्।

यस्तै, लघु उद्यम, सीप तथा क्षमता विकास, प्रविधि हस्तान्तरण, र गरिब तथा पिछडिएको वर्गका लागि लक्षित कार्यक्रम समेत बजेटमा प्राथमिकतामा परेका छन्।

१३ स्थानीय तह रहेको धादिङमा सिद्धलेक पहिलो स्थानीय तह हो जसले आगामी वर्षको बजेट समयमै सार्वजनिक गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar