बागमतीमा ६७ अर्ब ४७ कराेडकाे बजेट, कृषि मन्त्रालयलाई २ अर्ब ६३  कराेड

बागमतीमा ६७ अर्ब ४७ कराेडकाे बजेट, कृषि मन्त्रालयलाई २ अर्ब ६३  कराेड

  • Kandara Samachar

  • आइतवार, असार १, २०८२

  • 148
    SHARES
बागमतीमा ६७ अर्ब ४७ कराेडकाे बजेट, कृषि मन्त्रालयलाई २ अर्ब ६३  कराेड

हेटौंडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट विनियोजन गरेकाे छ ।

 बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए ।

कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।

 मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएर आएको बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सदनमा प्रस्तुत गरेका हुन्।

दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक झण्डै ६ घण्टापछि सुरु भएको हो।

कृषि मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलका लागि बजेट २ अर्ब ६३ करोड ४२ लाख विनियोजन भएको छ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस मन्त्रालयको लागि २ अर्ब ६३ करोड ४२ छुट्याइएको छ।

मन्त्री काफ्लेले  संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई २५ करोड ७८ लाख र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७७ करोड ९६ लाख विनियोजन गरिएको जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ९९ करोड ६७ लाख, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ८७ करोड ४१ लाख, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख, सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब ३५ करोड ९७ लाख, युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब १६ करोड विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख, खानेपानी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख उपलब्ध गराइने बताएका मन्त्री काफ्लेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजे

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar