गंगाजमुना गाउँपालिका “अनिवार्य तथा निःशुल्क” शिक्षा घाेषणा

गंगाजमुना गाउँपालिका “अनिवार्य तथा निःशुल्क” शिक्षा घाेषणा

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ ३०, २०८२

  • 141
    SHARES
गंगाजमुना गाउँपालिका “अनिवार्य तथा निःशुल्क” शिक्षा घाेषणा

धादिङ

गंगाजमुना गाउँपालिकालाई बागमति प्रदेश  सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ।

गंगाजमुना गाउँपालिकाभित्र ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ३१ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांकमा देखिकाे उिनहरुलाई विद्यालय भर्ना गरिएपछि नि:शुल्क र अनिवार्य शिक्षा घाेषणा गरिएकाे हाे ।

वडास्तरका शिक्षा समितिहरू, विद्यालयहरू तथा सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त प्रयासमा विद्यालय बाहिर नरहेकाे र विद्यालय शिक्षामा कुनैपनि शुल्क नलिई स्थानीय सरकारले व्यवस्थापन गर्न नीति तथा कार्यक्रम लागू गरिएकाे छ ।

अनिवार्य तथा नि:शुल्क शिक्षा घाेषणा कार्यक्रममा  बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल न्यौपानेले स्थानीय जनता, स्थानीय सरकार र शिक्षा समितिले विद्यालयमा सबै बालबालिका विद्यालय भर्न गर्न सकेकाेमा धन्यवाद दिनुभयाे ।

गाउँ शिक्षा समितिको २०८२।२।२७ गतेको निर्णय अनुसार मिति २०८२ जेठ २८ गतेदेखि लागू हुने गरी गंगाजमुना गाउँपालिकालाई आधिकारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको थियाे।

 प्रदेश सभा सदस्य भुजेलले संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हकलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने दिशामा यो कदम निकै महत्वपूर्ण भएको बताउनुभयो ।

 शिक्षामा लगानीको प्रतिफल दीर्घकालीन हुने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक समुदायले अझै गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयहरूलाई सक्षम जनशक्ति उत्पादनको आधारभूत स्रोतको रूपमा औँल्याउँदै उहाँले शिक्षा क्षेत्रको मजबुतीकरणमा समर्पण जरुरी रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरेपछि पालिकाभित्रका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन यो घोषणा गरिएको जानकारी दिनुभयो ।

प्रत्येक शुक्रबार झोला रहित कक्षा सञ्चालन गरी विद्यार्थीहरूका बहुआयामिक प्रतिभा उजागर गर्न विद्यालयहरूलाई निर्देशन पनि दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण बुझ्नुपर्नेमा जोड दिँदै, “एक घर, एक ग्राजुएट” र “एक घर, एक प्राविधिक” को दीर्घकालीन लक्ष्यसहित शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयाे ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणासँगै आयोजित सांस्कृतिक प्रतियोगिता (गायन तथा नृत्य) मा महालक्ष्मी मा.वि., पासंचोक मा.वि., मण्डली मा.वि., र री गाउँ मा.वि. ले क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गरे ।

समारोहमा सम्पूर्ण वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिकाले हालसम्म सबै वडाहरूमा शिक्षा अनिवार्य र निःशुल्क बनाउने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar