 
                                                                                                      सीताराम अधिकारी/धादिङ ।
मृतृभूमिको रक्षा र देशप्रेम नै महत्वपूर्ण भएपछि सेनामा भर्ना भएर सैन्य आधार तालिम पुरा गर्न पाएकोमा  सैद्धान्तिक र व्यवहारिक ज्ञानतर्फ सर्वाेत्कृष्ठ प्रशिक्षर्थीको रुपमा पुरस्कृत मनिषकुमार आलेले खुसी व्यक्त गर्नुभयाे ।
मानिसहरु विदेश जाने र नेपाललाई गाली गर्ने प्रवृत्ति बढेको बेला रुपन्देही जिल्ला मर्चवार क्षेत्रका १२ जना एउटै गाउँकाले एकै पटक भर्ना भएर तालिम लिएर सैन्यबाट सिपाही भएका छन् ।

श्री भैरव गण गजुरी धादिङबाट सि. सं. २ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज पछि ९६ जना दिक्षित भएका छन् । तालिममा सहभागी नेपाली सेनाका सिपाहीहरुलाई शुक्रवार दिक्षान्त समारोहविच दिक्षित गरिएको हो । तालिमपछि उनिहरु सैन्यबाट सिपाही भएका छन् ।
आधारभुत तहको कक्षा पढेपछि विदेश जाने लहर नै चलेको र देशमा केही गर्न सकिँदैन भन्ने नकारात्मक हल्लाको पछि नलागी नेपाली सेनाममा भर्ना भएर आधारभुत तालिम लिएर देशको सेवामा लाग्ने प्रशिक्षार्थी अनुप पालले बताउनुभयो ।
आफ्नै देशमा बसेर मान सम्मान पाउने र माृभूमिको रक्षा गर्न पाउँदा गौरबको अनुभूति हुने पालको भनाइ छ । पाल पनि मर्चवार क्षेत्रबाट भर्ना हुन आउनुभएको हो । मातृभूमि रक्षाका लागि भनेर पाल र आले मात्र होइन अभिषेक चौधरी, विजयकुमार यादव, राम कर्ण, बहराइच यादव, संजय यादव, मुकेशकुमार दुबे, शिवपुजन कुर्मी, राम अबत गडरिया, शिव कौशल, प्रसान्त चौधरी समेत सेनामा भर्ना भइ सि.सं. २ सैन्य आधार तालिम पुरा गरि दिक्षित हुनुभएको छ ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज पुरा गरेका सिपाहीहरुलाई मध्य पृतना हेडक्वाटरका पृतना पति उपरथी हरेन्द्र पाठकले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको छ ।
उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न आग्रह गर्नुभयो ।
‘राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढंगबाट पालना गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो – ‘इमानदार र कर्तव्यनिष्ठ भएर सेवामा समर्पित हुनु, आजदेखि भविष्यको ढोका खुलेको छ ।’
दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ दिँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पृतनापति पाठकले आग्रह गर्नुभयो ।
गणका सेनानी कुमार श्रेष्ठले कवाज प्रमुखको हैसियतमा अन्तिम दलेल कवाज गराए । ९ महिनासम्म भएको तालिममा ९६ जना सहभागीहरुलाई हतियार चलाउने देखि सैनिकलाई आवश्यक सम्पूर्ण सीप, ज्ञान लगायतका सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको भैरब गणका प्रमुख सेनानी असिम श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ स्थित तत्कालीन श्री शिवदल गणबाट २०८२ बैशाख १५ गते देखि बुझी मोरङ जिल्लाबाट आएको श्री भैरव गण सञ्चालन गरेको यो तालिमका क्रममा व्यवहारिक र सैद्धान्तिक लगायत विभिन्न कार्यमा उत्कृष्ट भएका सिपाहीहरू तालिमको फायरिङ्ग विधातर्फ प्रथम भएका सिपाही नवीन कुमाल , दौड विधातर्फ प्रथम सिपाही महेश किसान ।, बाधापार विधातर्फ प्रथम सिपाही डोल बहादुर थापा , ड्रिल विधातर्फ प्रथम सिपाही हाविल थापा र कमाण्डान्ट एण्ड मोटिभेसनल अवार्ड प्राप्त गर्न सफल सिपाहीलाई पुरस्कृत समेत गरिएको छ ।
तालिमको दौरान सैद्धान्तिक र ब्यवहारिक दुवैतर्फी र्सोेत्कृष्ठ नतिजा हासिल गरी प्रथम भएका सिपाही मनीष कुमार आलेलाई प्रमुख अतिथिले वीरताको चिनो खुकुरी प्रदान गर्नुभएको थियो ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्वल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबिर लगाएर बधाई र शुभकामना दिइएको थियो ।
समारोहमा श्री न.ं ६ वाहिनी अड्डाका वाहिनी पति सहायक रथी सुबास जंग थापा, श्री भैरव गणका गणपति प्रमुख सेनानी श्री असीम श्रेष्ठ, लगायतको उपस्थीति रहेको थियो ।
 
                     
                                         
                                                     
                                                     
                                                     
                                                     
                                                    