शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएलकाे भन्दै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएलकाे भन्दै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ २४, २०८२

  • 93
    SHARES
शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएलकाे भन्दै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट

धादिङ

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। प्रिन्सिपलस् एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो ।
देशभरबाट चयन गरिएका पालिकाहरूको २५ वटा सूचकको आधारमा गरिएको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका शीर्ष स्थानमा पर्न सफल भएको हो। शिक्षामा नविनतम कार्यक्रम, निःशुल्क तथा अनिवार्य शिक्षा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विद्यालय समायोजन प्रक्रिया र प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिजस्ता प्रयासले नीलकण्ठ नगरपालिकालाई अन्य पालिकाभन्दा अग्रणी बनाएको हो।
कार्यक्रममा नीलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, शिक्षा अधिकृत प्रकाश दत्त भट्ट र शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइरालाले संयुक्त रूपमा सम्मान ग्रहण गर्नुभएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा संघीय र प्रदेश सरकारको असहयोगले केही समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो।
विद्यार्थीको भावना बुझी तत्काल समाधान खोज्ने प्रयास, नगरवासी तथा विद्यार्थीका हक र हितमा नगरपालिका प्रतिबद्ध रहेको ढुंगानाको भनाइ छ । आगामी दिनहरूमा शिक्षा सुधारका थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar