गणतन्त्र दिवसमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाको सहभागिता

गणतन्त्र दिवसमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाको सहभागिता

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १६, २०८२

  • 244
    SHARES
गणतन्त्र दिवसमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाको सहभागिता

धादिङ

गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्। उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

रक्तदान मानव जीवनको अत्यन्तै महत्वपूर्ण पक्ष हो। रक्त अभावका कारण बिरामीहरू, दुर्घटनामा परेका व्यक्तिहरू, सुत्केरी महिलाहरू लगायतका थुप्रै जीवन जोखिममा पर्न सक्छन्। नियमित रक्तदानले न केवल अरूको जीवन बचाउँछ, यसले रक्तदाताको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउने वैज्ञानिक प्रमाणहरू छन्। यसले मुटु तथा कलेजोको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथा शरीरमा रहेको अतिरिक्त फलामको मात्रा सन्तुलनमा राख्न मद्दत पुर्‍याउने चिकित्सकहरूको भनाइ छ।

गणतन्त्र दिवसजस्तो राष्ट्रिय पर्वमा आयोजित रक्तदान कार्यक्रमले समाजमा मानवताको भावना र सहकार्यको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar