नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्री अधिकारीको आग्रह

नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्री अधिकारीको आग्रह

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 104
    SHARES
नेपालको निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba ) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीन वीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुदै आएको उल्लेख गर्दे आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले नेपालवाट चीन तर्फ निर्यात गर्न सकिने वस्तुहरु मध्य चिया , नेपाली जडीबुटी एंव राँगोको मासु लाई चीनको भन्सार प्रवेशका लागि प्रकृया अघि वढेकोमा चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँच वटा कम्पनी यस प्रकृयमा दर्ता भएकाले थप सकजीकरणमा सहयोग गर्न उपाध्यक्ष वा समक्ष आग्रह गर्नुभयो । सन २०१९ मा नेपाल चीन वीच हस्ताक्षर भएको सुन्ताला जातका फलफुल निर्यात सम्वन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यात सम्वन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभुत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधी मण्डल सँग आग्रह गर्नुभयो ।
भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया ,जडीबुटी आदिको माग चीन भरि रहेको र नेपालवाट यसको निर्यातका लागि आफुले सहजिकरण गर्ने वताउनुभयो । सुन्ताला जातका फलफुल निर्यात गर्नका लागि उपयुक्त भण्डारण स्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाली व्यवसायीहरुलाई सिजाङमा हुने व्यापारीक प्रर्दशनीमा भाग लिन आग्रह गर्दे उपाध्यक्ष वाले यस मार्फत नेपाली उत्पादनलाई चीनियाँ वजार सम्म पुर्याउन सहज हुने वताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar