
धादिङ ।
जिल्ला कारागारमा गएराती (०८२ जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ ।
वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे हुनसक्ने बताएकाे छ ।
०८२ जेठ ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काधमा चढी झ्यालबाट हेर्दा झुण्डीएको अवस्थामा देखेको धादिङ कारगारका जेलर राममणी मिश्रले बताउनु भयो ।
उहाँले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लागाई आत्महत्या गरेका हुन् ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको जेलर मिश्रले बताउनुभयो ।
घटनाकाे बारेमा अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।