 
                                                                                                      ✍️ सीताराम अधिकारी /धादिङ
गणेश हिमाल प्यालदोर हिमालको फेदीमा पर्ने रुबिभ्याली गाउँपलिकामा पाइने याक, नाक, चाैँरी, केही वर्ष अघिसम्म सयौँको संख्यामा थियो । चरनको अभाव, मिचाहा प्रजातीको घाँसका कारण खनेकुरा र बासस्थानको अभाव, जलवायु परिवर्तनले तापक्रम बढ्ने र लेकका खर्कहरुमा पानी समेत नपाउने अवस्था आएपछि चौरी, याक र नाकको संख्या घटेर लोप हुने अवस्थामा पुगेको छ ।
हिमाली भेगका मानिसहरुको आम्दानीको मुख्य श्रोतको रुपमा रहेको चोरी, याक नाक र भेडाबाख्रा संरक्षणको सूचिमा पर्न लागेकोले यसलाई बचाउनु पर्ने बेला भएको स्थानीइ किसानहरुले भनाइ छ ।
गाउँमा युवा पुस्ताको बसाइ नभएकोले पशुपालन र संरक्षणमा युवा पुस्ता छैन ।
वृद्धहरुले धानेको चौरी र तेल्माको संख्या रुबभ्यिालीमाअहिले २ सय ९३ ओटामात्र छ । डिभिजन बन कार्यालय धादिङले ०८२ जेठ दोश्रो साता गरेको अध्यायनमा रुबीभ्यालीमा १० ओटा याक र १७ ओटा नाक रहेको तथ्यांकमा देखिएको डिभिजन बन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

हिमाली भेगका याकनाक, चौरी संरक्षणमा लागेका किसानहरुको तालिम संचालनको समय किसानहरुले पालेका पशुहरुको सूचि नै तयार पारिएको थियो । लाखौँको संख्यामा हुने गरेको भेडाको संख्या ७ हजार ९ सय ७६ मात्र छ । रुबिभ्याली गाउँपालिका क्षेत्रमा ६५ जना किसानले मात्र भेडा पालेका छन् भने २२ जना किसानल चौरी पालेका छन् ।
हिमाली क्षेत्रका किसानको पशुपालन मूख्य आम्दानीको श्रोत रहेको भेडा, चौरी तेल्मा पालन अहिले लोप हुने अवस्थामा आएपछि आफूहरु चिन्तित भएकोले अब समूह बनाएर यसको संरक्षण र व्यवसायिकरणमा जुटेको बिबहादुर तामाङले बताउनुभयो । व्यवासायिक र सामुहिकताका लागि विबहादुर तामाङको अध्यक्षतामा समूह नै गठन गरेर किसानको तवरबाट पहल थालिएको डिभिजन बन कार्यालयले जनाएको छ ।
सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समेत गठन गरिएकोले हिमाली पशु संरक्षणमा किसानको अग्रसरता रहेको देपिखएको छ ।
हिमाली क्षेत्र वर्षको समयमा सवारी साधन समेत नचल्ने हुँदा सो क्षेत्रमा किसानहरुको पशु बिरामी भएर मर्ने गरेको, बजारी करणको समस्याले किसान मारमा पर्ने गरेको, खर्क र लेकहरुमा पानीको मुहान सुक्दै गएको, अन्य जंगली जनावरले आक्रमण गरेर मर्न थालेको, वुढा पुस्ताहरुमात्र गाउँमा हुँदा उत्पादनमा ध्यान नपुगेको, जलवायु परिवर्तनका कारण तापक्रम बढेसंगै तातोपना बढ्न थालेपछि यस किसिमका पशुहरु मर्नृ थालेका कारण चौरी, याक नाक, तेल्मा लोपहुने अवस्थामा पुगेको खर्कमा पशुपालन गर्दै आएका किसानहरुको भनाइ छ ।
हिमाली पशुहरु चौरी, याक नाक, तेल्मा, भेडा आदीको संरक्षणमा स्थानीय सरकारले लगानी गरेर एकिकृत कार्यक्रम ल्याउनु पर्ने किसानहरुको भाग भएपनि स्थानीइ सरले यस तर्फ ध्यान दिन सकेको छैन ।
डिभिजन बन कार्यालयले यस वर्षदेखि खर्क व्यवस्थापन तालिम र हिमाली पशु शंरक्षणमा कार्यक्रम बनाएर लागु गर्ने योजना रहेको डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यको भनाइ छ ।
——
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    