राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ ७, २०८२

  • 241
    SHARES
राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

धादिङ

चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना  सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो ।

प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । यो सँगै नीलकण्ठ नगरपालिकाले लगातार तेश्राे पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको हो । अब नीलकणठ नगरपालिकाले रनिङ सिल्ड फिर्ता गर्नुपर्ने छैन ।

राष्ट्रपति रनिङ शिल्डमा थाक्रे गाउँपालिका दोस्रो भएको छ । थाक्रे गाउँपालिकाले ८ स्वर्ण पदक, ११ रजत र ८ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो ।प्रतियोगितामा रुवीभ्याली गाउँपालिका तेस्रो भएको छ । रुवीभ्यालीले ५ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । जिल्लाका १११ वटा स्थानीय सरकारले प्रतियोगितामा भाग लिएका थिए ।

पुरस्कार वितरण तथा समापन समारोहका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।

खेल शिक्षक नियुक्त गरेर होस वा पालिकामा विभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरेर भएपनि खेलाडी उत्पादन गरीरहेको बताउनुभयो । प्रतियोगिताले जिल्लाभरिका खेलाडीबीच आपसी समझदारी, मित्रता र खेल भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो।

धादिङ जिल्लामा आयोजित यो प्रतियोगिता विद्यालयस्तरका खेलाडीहरूका लागि क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च भएको सहभागी विद्यालयहरूको प्रतिक्रिया रहेको छ।

प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ४ कास्यसहित ज्वालामुखी गाउँपालिका चौथो भएको छ । ४ स्वर्ण, १२ रजत र १४ कास्यसहित गजुरी गाउँपालिका पाँचौ, ४ स्वर्ण, ९ रजत र ५ कास्यसहित सिद्धलेक गाउँपालिका छैटौ, ३ स्वर्ण, १ रजत र ४ कास्यसहित त्रिपुरासुन्दरी गाउँपालिका सातौँ भएको छ । गल्छी गाउपालिकाले २ स्वर्ण, ५ रजत, ६ कास्य पदक जितेकाे छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar