शिक्षाको सवाल र सुधारका उपायबारे गल्छी र गंगाजमुनामा छलफल

शिक्षाको सवाल र सुधारका उपायबारे गल्छी र गंगाजमुनामा छलफल

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 381
    SHARES
शिक्षाको सवाल र सुधारका उपायबारे गल्छी र गंगाजमुनामा छलफल

नानू कार्कि/धादिङ ।

जिल्ला समन्वय समितिको आयोजनामा गल्छी र गंगाजमुना गाउँपलिकामा शैक्षिक क्षेत्र सुधार तथा विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गल्छी गाउँपलिका कार्यालयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, जिल्ला समन्वय अधिकारी रामाश्रय यादव, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, वडाअध्यक्षहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले शिक्षाका सवाल, मूल्यांकन प्रणालीका बारेमा जानकारी गराउँदै गल्छी गाउँपालिकाको शिक्षाको सन्दर्भमा सवल तथा राम्रो पक्ष, कमीकमजोरी, चुनौती र अबसर र सम्भावनाबारे प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले वर्तमान शिक्षा सम्बन्धी मौजुदा कानून, धादिङ जिल्लाको शैक्षिक अवस्था बारे जानकारी गराउनुभएको थियो ।
गंगाजमुना गाउँपलिकामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, जिल्ला समन्वय अधिकारी रामाश्रय यादव, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भुमिलाल शर्मा सुवेदी, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अविद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
गंगाजमुना गाउँपालिकमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी यादवले शिक्षाका सवाल, मूल्यांकन प्रणालीका बारेमा जानकारी गराउँदै गंगाजमुना गाउँपालिकाको शिक्षाको सन्दर्भमा सवाल तथा राम्रो पक्ष, कमीकमजोरी, चुनौती र अबसर र सम्भावनाबारे प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदीले वर्तमान शिक्षा सम्बन्धी मौजुदा कानून, धादिङ जिल्लाको शैक्षिक अवस्था बारे जानकारी गराउनुभएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar