गल्छीमा नसर्ने रोगसम्बन्धी अभिमूखिकरण

गल्छीमा नसर्ने रोगसम्बन्धी अभिमूखिकरण

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 331
    SHARES
गल्छीमा नसर्ने रोगसम्बन्धी अभिमूखिकरण

धादिङ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको आयोजनामा “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ नसर्ने रोग रोकथाम तथा नियन्त्रण एवं स्वस्थ जीवन प्रवर्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गल्छीमा गाउँपालिकामा सम्पन्न भएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमूल्य दाहालको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रमको गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी निमित्त प्रमुख प्रशासकिय अधिकृत धिरज बस्नेत, वडा नं. १ का वडाअध्यक्ष यदुकुमार खतिवडा, वडा नं. २ का वडाअध्यक्ष षडानन्द खनाल, वडा नं. ५ का वडाअध्यक्ष सरोज लामा, वडा नं. ६ का वडा अध्यक्ष दिपक कार्कीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले आयुर्वेदको महत्व, पञ्चकर्म पद्धति, योग अभ्यास र आयुर्वेदिक औषधीको प्रयोगबारे जानकारी दिनुभयो। जनस्वास्थ्य कार्यालयका अधिकृत करिश्मा भण्डारीले स्वस्थ जीवनशैली, खानपान, मानसिक स्वास्थ्य र नसर्ने रोग नियन्त्रणसम्बन्धी जनस्वास्थ्य कार्यालयले गरिरहेका कार्यहरू प्रस्तुत गर्नुभयो। धादिङ अस्पतालका विशेषज्ञ डा. दिनेश रेग्मीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूको विस्तृत जानकारी गराउनुका साथै सशस्त्र प्रहरी बल र कारागारमा गरिएको स्वास्थ्य परीक्षण तथा योग अभ्यासबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा डा. अमूल्य दाहालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको कार्यप्रणाली, सेवा विस्तार तथा आगामी योजना प्रस्तुत गर्नुभयो।

गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जनस्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले आयोजित कार्यक्रमले गाउँपालिकालाई स्वास्थ्यमैत्री बनाउने दिशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। रोग लागेपछि अस्पताल जाने प्रवृत्र् िहटाई, रोग नलाग्ने वातावरण बनाउनेतर्फ गाउँपालिकाको प्राथमिकता रहने अध्यक्ष खतिवडाले बताउनुभयो।
गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले स्वास्थ्य जनचेतना कार्यक्रमको प्रभावकारिता गाउँगाउँसम्म र्पुयाउन जरुरी रहेको भन्दै यस्तो प्रकारका कार्यक्रमको निरन्तरताको आवश्यकता बारे बताउनुभयो । युवादेखि वृद्धसम्म सबै उमेर समूहलाई लक्षित गरी स्थानीयस्तरमै यस्तो अभियान चलाउनु पर्ने उपाध्यक्ष तिवारीले बताउनुभयो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar