नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङमा हरिबहादुर सिलवाल

नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङमा हरिबहादुर सिलवाल

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 715
    SHARES
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङमा हरिबहादुर सिलवाल

रामहरी थापा/ धादिङ

नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशन हरिबहादुर सिलवाललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।
जिल्ला अधिवेशनबन्दसत्रपछि भएको निर्वाचनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन २०७८ गरिएको निवर्तमान अध्यक्ष ठानप्रसाद बसौलाले जानकारी दिनुभएको छ । २९ सदसिय कार्यसमितिको उपाध्यक्षमा बैकुण्ठ रिमाल र पम्फा मगराती, सचिवमा राजन अर्याल, सहसचिवमा देवकी दुवाडी, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ र सहकोषाध्यक्षमा अञ्जु थपलिया सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
यसैगरि अधिवेशनले ठानप्रसाद बसौला, रामबहादुर खतिवडा, बलराम इटनी, र अर्जुन आचार्यलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ भने ११ जना लाई प्रदेश प्रतिनिधि निर्वाचित गरिएको छ । इश्वर पन्तको संयोजकत्वमा ३ सदसिय लेखा समिति समेत निर्वाचित गरिएको छ ।
अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनमा महासचिव हंशबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा जिफण्टका महासचिव लक्ष्मण शर्मा, नेकपा एमाले जिल्ला अध्यष भूमि त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar