मदन आश्रति संझिँदै धादिङ एमाले

मदन आश्रति संझिँदै धादिङ एमाले

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ४, २०८२

  • 279
    SHARES
मदन आश्रति संझिँदै धादिङ एमाले

धादिङ
नेकपा एमाले धादिङको आयोजनामा ३२ औँ मदन आश्रित स्मृति दिवसको अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गर्दै जनताको बहुदलियजनवादमाथी चर्चा गरेको छ ।
नेपाली क्रान्तिको नविनतम विचार जनताको बहुदलियजनवादको चर्चा गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेताको भाषणमा वान्स मोर पाएने एकमात्र राजनेता मदन भण्डारी भएको उल्लेख गर्दै राजालाई खुल्ला चुनौती दिएकै कारण सामन्ती राजसत्ताले हत्या गरेको बताउनुभयो ।
प्रखर विचार, स्पष्ट दृष्टिकोण भएकै कारण नेपालमा कार्लमाक्स जिवित भएको अमेरीकी म्यागेजिनले समेत उल्लेख गरेको उल्लेख गर्दै त्रिपाठीले जनताले चिनेर जिताएका नेताको रुपमा मदन भण्डारी भएको बतानुभयो । जिवराज आश्रितले बनाएको संगठनलाई जिवित राख्दै मजबुद संगठन बनाउन लाग्न समेत एमाले कार्यकर्ताहरुलाइृ आग्रह गर्नुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडाको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जलीसभामा प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने बिषयका साथै पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत उहाँको विचारलाई मानेको बताउनुभयो ।
जनवादको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको बहुमतलाई गोलबन्द गर्ने विधिद्वारामात्र समाजवादमा संक्रमण सम्भव हुने जबजमा समावेश छ । नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवादले संविधानको सर्वोच्चता, बहुदलिय खुल्ला समाज, शक्ति पृथकिकरणको सिद्धन्त, मानवअधिकारको रक्षा, बहुलिय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनतको जनवादी व्यवस्थाको सुदृढिकरण, विदेशी पूँजि र प्रविधि प्रयोग, क्षतिपूर्ति, विदेश निति, नेतृत्व र अधिनायकत्व , जनताको बहुदलीय जनवाद जवजको विषेशता बारे नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य कृष्ण अर्याल, नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य कमला शर्मा, नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन गोर्खाली लगायतले मदन भण्डारी र जिवराज आश्रितको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar