नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • Kandara Samachar

  • शुक्रबार, बैशाख २६, २०८२

  • 185
    SHARES
नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धादिङ

नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

’पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण बिहीबार  गरिएको हो ।

 

नेत्रावतिडबजाेङ गाउँ पालिका खोप समन्वय समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

 

खोप लगाउन पाउनु सबै बादबालिकाको नैसर्गिक अधिकार भएको बताउनुहुदै जब सम्म सम्पुर्ण नागरिकहरुलाई पुर्ण रुपमा खोप लगाउन शिक्षित गराउन सकिदैन तब सम्म पुर्ण खोप सुनिश्चिता कार्यक्रम निरन्तर भईरहने प्रमुख अतिथि पोखरेलले बताउनुभयो ।

गाउँपालिकालाई पुर्ण खोप सुनिश्चत घोषणा गर्न स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुहुदै अझै आफ्नो कार्य निष्ठावान ढंगबाट सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो ।

 


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar