गल्छीमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

गल्छीमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

  • Kandara Samachar

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 365
    SHARES
गल्छीमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

– सुदिप अधिकारी /गल्छी

धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिताकाे मंगलबार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले उद्घाटन गर्नुभयाे ।

 नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन गर्दै एमाले अध्यक्ष त्रिपाठीले खेलकुदकाे विकास एमाले सरकारमा हुदामात्र गर्न सकिने बताउँदै खेलकुदले शान्ति समृद्धि र   सुखी नेपाली समृद्ध नेपालकाे लक्ष पूरा गर्ने बताउनुभयाे ।

नेकपा एमाले गल्छीका अध्यक्ष राजकुमार रिमालकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य जगन्नाथ नेपाल, बागमति प्रदेश कमिटी सदस्य  नरेश खतिवडा, गल्छी गाउँ पालिका अध्यक्ष केदार खतिवडा लगायतले शुभकामना दिनुभयाे । मंगलबार लिगचरणका ८ खेल सम्पन्न भएकाे छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुनेले नगद १० हजारसहित ट्रफि मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद एक हजार सहित ट्रफि मेडल प्राप्त गर्नेछन् ।

बुधबार भलिबल समापन तथा पुरस्कार वितरण समाराेहमा नेकपा एमाले स्थाइ कमिटी सदस्य डा. राजन भट्टराईकाे प्रमुख आतिथ्य रहने आयाेजकले जनाएकाे छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar