धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक

धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 389
    SHARES
धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक
धादिङ

धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त भएको छ ।
१ सय बेडभएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुुगमनबाट ८२ अंक प्राप्त गरेको हो ।
न्यूनतम सेवा मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले शुसासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, र सहयोगि सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्यांकन गर्दा ८२ अंक पप्त भएको मूल्यांकन टोलीका डा. नविन दर्नालले जानकारी दिनुुभयो ।
विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमो डायलासिस सेवाको लागि विग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नु पर्ने, विपद व्यवस्थापनका लागि थप आवस्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानको लिलामी गर्नुपर्ने लगायतका सुुभाव विज्ञ टोलिले दिएको छ ।
न्यूनतम सेवा मापदण्ड कायान्वयन सम्बन्धी सार्ववजनिक कार्यक्रममा विषेशज्ञ सेवा, ल्याब सेवा, एमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारीता धेरै रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै भवन नयाँ निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन समेत सुुझाव दिइएको थियो ।
धादिङ अस्प्तालमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलगायतले धादिङ अस्पताmलको सेवा र गुणस्तरको प्रसंसा गर्दै निरन्तर कायम राख्न आग्रह गर्नुभएको छ ।
अस्पतालका निमित्त निर्देशक गगन अधिकारीले अस्पतालले दिएको सेवा र प्भावका बारेमा प्रस्तुती गर्नुृभउको कार्यक्रमको अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटाको अध्यक्षतमा भएको थियो । आएका सुुझावहरु मार्गदर्शन भएकोले आगामी दिनमा यसलाई कार्ययोजना बनाएर थप काम गर्ने प्रतिवद्धता सापकोटाले व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar