बौद्धिक अपांग विद्यालयमा खेलकुद र स्टेशनरी सामाग्री वितरण

बौद्धिक अपांग विद्यालयमा खेलकुद र स्टेशनरी सामाग्री वितरण

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 187
    SHARES
बौद्धिक अपांग विद्यालयमा खेलकुद र स्टेशनरी सामाग्री वितरण

धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बागमति प्रदेशको समाजिक विबास कार्यालय गजुरीले खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ ।
७५ औँ प्रजातन्त्र दिवसको अबसरमा विद्यालयमा पुुगेर बालबालिकाहरुले खेल्न सक्ने बल, चेस, लुँडो, ब्याडमिन्टन लगायतका खेलकुद सामाग्री र कापी, पेन्सील लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकारी दिनुुभएको छ ।
२०७४ सालमा स्थापना भएको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयमा ३१ बालबालिका रहेका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, कर्मचारी मिलन केन्द्र अध्यक्ष विष्णुआचार्य, शिषा विकास तथा समन्वय इकाइ प्रमुख सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायत उपस्थीति रहेको थियो । सामाग्री हस्तान्तरण संगै अपांगता भएका बालबालिकालाई खिर र खन्य खानेकुरा खुवाइएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar