मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठ विजयी

मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठ विजयी

  • Kandara Samachar

  • बुधबार, फाल्गुन ७, २०८१

  • 260
    SHARES
मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठ विजयी

धादिङ

७५ ओँ प्रजातन्त्र दिवसको अबसरमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मैत्रीपूर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारकिो प्रमुख आतिथ्यमा प्रतियोगितामा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीच मैत्रीपूर्ण खेल भएको थियो ।

मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको अबसरमा सिठ्ठी फुकेर प्रतियोगिता सुरु गरिएको थियो ।

मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठले ५५ अंक प्राप्त गरि विजयी भएकाे छ  भने सिद्धलेक गाउँपालिकाले ४० अंक प्रात गरि उपविजेता भएकाे छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दुर्लभ तामाङ, नेकपा एमालेका उपाध्यक्ष अर्जुन गोर्खाली, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको उपस्थीति रहेको थियो ।

 


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar