चेपाङ छात्राबास बनाउन आयाेजित बेनिघाटराेराङकाे महायज्ञबाट ५ कराेड ८५ लाख संकलन

चेपाङ छात्राबास बनाउन आयाेजित बेनिघाटराेराङकाे महायज्ञबाट ५ कराेड ८५ लाख संकलन

  • Kandara Samachar

  • आइतवार, फाल्गुन ४, २०८१

  • 165
    SHARES
चेपाङ छात्राबास बनाउन आयाेजित बेनिघाटराेराङकाे महायज्ञबाट ५ कराेड ८५ लाख संकलन

धादिङ । 

गरिव चेपाङ बालबालिकालाई छात्राबास राखेे पढाउने व्रयवस्थका लागि बेनिघाटरोराङ गाउँपालिकाले “शिक्षाका लागि भिक्षा अभियान” भनेर  लगाएकाे महायज्ञबाट  ५ करोड ८५ लाख रुपैयाँ  संकलन भएको छ ।

शिक्षक, कर्मचारी, व्यापारी व्वसायिलाई रकम ताेेकेर दान गर्न लगाईएकाे महायज्ञमा कुनै खर्च नगर्ने बताएकाे स्थानीय सरकारले ७८ लाख खर्च गरेकाे जानकारी शनिबार केही आफुनजिकका संचारकर्मी बाेलायर हिसाब सार्वजनिक गरेकाे थियाे ।

माघ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञबाट संकलित रकमको आयब्यय हिसाव गाउँपालिका लेखाशाखा प्रमुख सन्तोष अर्यालले जनकारी दिनुभयाे

देशभरकै नमुना कामको रुपमा सञ्चालन गरिएको सप्ताहबाट संकलित रकमले निःशुल्क शिक्षामा लगानी गर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयाे ।

‘ शिक्षाको लागि भिक्षा अभियान सञ्चालन गरेर चेपाङजातिको शिक्षा उत्थानमा गरिएको यो अभियानमा हरेक बर्ष रकम संकलन अभियान चलाउँदै यो कोषलाई अगाडि बढाउने छौं’ उहाँले भन्नुभयाे ।

सप्ताहबाट संकलित रकमले गरिव, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने ठूलो सहयोग पुग्ने पालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयाे ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar