भ्याक्सिन क्यारियर दिएर एचपिभि खाेप शुभारम्भ

भ्याक्सिन क्यारियर दिएर एचपिभि खाेप शुभारम्भ

  • Kandara Samachar

  • मङ्लबार, माघ २२, २०८१

  • 61
    SHARES
भ्याक्सिन क्यारियर दिएर एचपिभि खाेप शुभारम्भ

धादिङ

धादिङका स्थानीयतहहरले किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द ‘एचपीभी खोप’ लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको खोप कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवसको अवसर पारेर धादिङका आठ ओटा पालिकाले मंगलबारबाट खोप लगाउन सुरु गरेको हो । जिल्लाका १३ वटा पालिकामा कक्षा छ देखि १० सम्म अध्ययन गर्ने १३ हजार ६ सय २६ जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका ९ सय ४७ जना गरी १४ हजार पाँच सय ७३ जनाले एचपीभी खोप लगाउँदैछन् । धादिङ जिल्लाका दुई सय ४० विद्यालय खोप केन्द्र, ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र मार्फत खोप लगाइदैछ ।

माघ २२ गतेदेखि २६ गतेसम्म नीलकण्ठ नगरपालिका, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, खनियावास, रुविभ्याली, नेत्रावति, सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा फागुन १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिए ।

एचपीभी खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द दिइने खोप हो । डव्लु.एच.ओ.आई.पि.डि.का डाक्टर सस्मिता बास्तोलाका अनुसार प्रजनन् उमेर सुरु हुनु अगावै एचपीभी खोप दिएमा किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने र खोप लगाएपछि यो रोगबाट उन्मुक्ति मिल्ने बताइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

मिन्सुरेशन भएको बेला सामान्य रुघाखोकी ज्वरो आएको बेला लगाउन मिल्छ । यो खोपले टाउको दुख्ने, सामान्य ज्वरो आउने, जिउ दुख्ने, रिंगटा लाग्ने, माशंपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ । तर, यसबाट नआत्तिन चिकित्सकहरुले सल्लाह दिएका छन् ।

जनस्वास्थ्य कार्यालय धादिङद्वारा धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माविमा एचपिभि खाेप अभियान सुरु गरिएकाे छ ।

जिल्ला खाेप समन्वय समिति अध्यक्ष नवराज अधिकारीकाे अध्यक्षतामा भएकाे शुभारम्भ कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर दिएर सुरुवात गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar