एकसय वर्ष पुरानो विद्यालयद्वारा संस्थापकहरुलाई सम्मान

एकसय वर्ष पुरानो विद्यालयद्वारा संस्थापकहरुलाई सम्मान

  • Kandara Samachar

  • मङ्लबार, माघ २२, २०८१

  • 171
    SHARES
एकसय वर्ष पुरानो विद्यालयद्वारा संस्थापकहरुलाई  सम्मान

– सुदिप अधिकारी / धादिङ ।

गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको किराञ्चोक कार्कीडाडा माविले सताब्दी महोत्सब धुमधामका साथ मनाएको छ ।
विभिन्न खेलकुद प्रतियोगिताहरु, स्थानीय साँस्कृतिक झाँकीहरु तथा ज्ञानवर्धक प्रतियोगिताहरु संचालन गर्दै संस्थापकहरुलाई सम्मान गरेर सताब्दी महोत्सब मनाएको छ ।
विक्रम सम्बत १९८२ माघ ५ गते वसन्तपंचमीको दिन तत्कालिन सातबिस किराञ्चोक स्थित कोटको पटांगिनी (हालको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडा) मा भाषा पाठशालाको रुपमा स्थापना भएको थियो । हाल माध्यामिक विद्यालय संचालन गरिएको विद्यालय स्थापना गर्दा संस्कृतका पंडितको दरबन्दी भएपनि पंडित नपाएपछि गाउँघरमा केही पढेलेखेकाहरुले विद्यालय चलाएर वि.स.ं १०९२ तिर नुवाकोट जिल्लाका महानन्द नेपालले पहिलो पटक दरबन्दीमा आएर विद्यालय संचालन गरेको विद्यालयका प्रधानाध्यापक पुरुषेतम अधिकारीले जानकारी दिनुभयो ।
कोतको पटांगीनिमा खुल्ला चाउमा पढाइ सुरु गर्दा विद्यार्थीले आफैँले चकटी गुन्द्री लिएर आउने र शिक्षकले आयर पढाउने काम गर्ने गरेर सुरु भएको वृद्धहरुको भनाइ छ ।
सताब्दी महोत्सबको समापनको अबसरमा बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले समापन समारोहको उद्घाटन गर्दै शिक्षाको विकासका लागि बागमति प्रदेश सरकार लागि परेको र किराञ्चोक कार्कीडाडाँमाविलाई सरकारले सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमति प्रदेशका गरीबि निवारण मन्त्री मधुकुमार श्रेष्ठ, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भुमिलाल सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै विद्यालयले सीप सम्बन्धी विषय, बालमैत्री शिक्षण सिकाइमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रको अबसरमा विद्यालयका स.स्थापक प्रधानाध्यापक स्वर्गिय महानन्द नेपाल, तथा पुराना शिक्षकहरु लोकनाथ अधिकारी, भवनाथ अधिकारी, गजेन्द्रपुरुष ढकाल, ज्ञानेश्वर गौतम, लगायतलाई सम्मान गरिएको छ । संस्थापक विद्यालय व्यवस्थापन समितिका कृष्णप्रसाद अधिकारी, गोपाल प्रसाद लामीछाने, धनबहादुर भण्डारी, यमबहादुर भण्डारी, तथा प्रा.डा रामचन्द्र गौतम लगायत ४ सय जनालाई सम्मान गरिएको थियो ।
मुख्यमन्त्री लामाले किराञ्चोककार्कीडाडाँ मावि सताब्दी महोत्सक स्मारिका २०८१ को समेत विमोचन गर्नुभएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar