अन्तरपालिका लाेकदाेहाेरी ज्वालामूखीले जित्याे

अन्तरपालिका लाेकदाेहाेरी ज्वालामूखीले जित्याे

  • Kandara Samachar

  • सोमवार, माघ २१, २०८१

  • 59
    SHARES
अन्तरपालिका लाेकदाेहाेरी ज्वालामूखीले जित्याे

धादिङबेसी

धादिङ जिल्ला स्अतरीय अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ ।

जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो ।
ज्वालामूखी गाउँपालिकाका कलाकारले गजुरी गाउँपालिकाका कलाकारलाई पछि पार्दै विजय भएका हुन् । गजुरी गाउँपालिकाको सफल अर्याल र सिता बराल द्धितिय भएका छन् । त्यस्तै, सिद्धलेक गाउँपालिकाका भावना अर्याल र प्रदिप बराईली र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समूहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।
प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तृतिय भएका समूहलाई क्रमशः ५० हजार, ३० हजार र १५÷१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष कमला गैरेले जानकारी दिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव २२ माघसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए । २० गतेसम्म सञ्चालन गरिने भनिएपनि विशेष कारणवश दुई दिनको समय थप गरिएको संयोजक कोइरालाको भनाई छ ।
‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित धादिङमा पहिलो लोक तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए ।
यस वर्ष सहभागीहरु निकै प्रतिस्पर्धीहरु रहेकाले नतिजा निकाल्न निकै कठिन परेको निर्णायक समितिका भरत बराकोटीले बताए । ‘केही अंक भारले मात्र प्रथम, द्धितिय र तृतिय भएका छन् । दुई समूहलाई त चौथो बनाउन पनि सकिएन । यसरी हेर्दा लोक तथा दोहोरी क्षेत्रमा धादिङका कलाकाहरु अब्बल रहेका छन्’ उनले भने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar