एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

  • Kandara Samachar

  • शनिबार, माघ ५, २०८१

  • 206
    SHARES
एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

एमालेसंग सरकारमा सहकार्य, चुनावमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्ड

धादिङ ।

नेकपा एमाले र नेपाली काँग्रेस सत्ता साझेदारीमा रहेकाे अवस्थामा एमाले काँग्रेस नेताहरुले सत्ता समिकरण २०८४ सम्म हुने बताउँदै अाएका छन्

सत्ता साझेदार नेपाली काँग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एमालेसंग सत्ता संचालनमा सहकार्य निरन्तर २०८४ सम्म हुने र निर्वाचनमा एमालेसंग प्रतिस्पर्धा हुने बताउनुभएकाे छ ।

नेपाली काँग्रेसकाे र एमालेकाे सत्ता सहकार्य  अवसर र चुनौती दुवै रहेको मन्त्री पाण्डेले बताउनुभबएकाे छ । ।

शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै रहेको बताएका हुन् ।

`एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यहि गठबन्धन गरेर लैजान सहकार्य हुन्छ । सुशासन, भ्रष्टचार न्युनिकरण र  सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ´ उनले भने- `२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवस्यंभावी छ । वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ । अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मजबुद बनाएर लैजानु पर्छ । यसमा सबै लागौं ।´

त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए । `नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको छ´ उनले भने–‘नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं । प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयहरुसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुनेगरी मन्त्रालयले काम गरिरहेको छ ।’


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar