मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित

मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 187
    SHARES
मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित

 धादिङ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको दोस्रो गाउँ सम्मेलनबाट अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
सम्मेलनले नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको उपाध्यक्षमा हिरामायाँ रमतेल, सचिवमा गाइने परियार, सहसचिवमा कृष्ण ोक्का, विष्णुमायाँ रोक्कालाई निर्वाचित गरेको छ ।
यसैगरि पालिका कार्यसमिति सदस्यहरुमा नारायण विक, गणेश परियार, श्यामबहादुर बराइली, रणबहादुर बिसुन्खे, पविन गैरे, बच्चुराम सार्की, रबि सुनार, विष्णु रमतेल, गोपाल बयलकोटी, रामबहादुर गैरे, शोभा रमतेल, जानकी विक, सन्तोष परियारलाई निर्वाचित गरेको स्थानीय एमाले नेता रामबहादुर कालीकोटेले जानकारी दिनुभएको छ ।
सम्मेलनको नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय इन्चार्ज तथा नेकपा एमाले पोलिटब्युरो सदस्य जितु गौतमको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, संगठनका बागमती प्रदेश अध्यक्ष नवीन घतानी, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु नरेश खतिवडा, राधा तिमल्सीना, राजु रेग्मी लगायतले शुभकामना दिँदै जातिय आधारमा हुने सबै प्रकारका विभेद अन्त्यका लागि लाग्नु पर्ने बताउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar