फाेनिज धादिङ अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

फाेनिज धादिङ अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

  • Kandara Samachar

  • बिहिबार, पुस २५, २०८१

  • 238
    SHARES
फाेनिज धादिङ अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

धादिङ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् ।

बिहीबार धादिङबेसीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा पुन: सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरु इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) रहेका छन् ।

अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) चयन गरेको छ ।

यसैगरि प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरि पत्रकारहरुलाई सक्षम बनाउने गरि काम गर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति धादिङका संस्थापक अध्यक्ष हरिशंकर गिदेल मगरले जनजातिका संघ संगठनलाई मजबुद बनाएर लैजानु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले पुर्ण प्रेस स्वतन्त्रता, पेशागत हकहित, श्रमजिविको सुरक्षा, पेशागत सुरक्षाका लागि पैरवी गर्न फोनिजसङ्गै रहेको बताउदै फोनिजलाई १० हजार सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ, फाेनिजका बागमती प्रदेश काेषाध्यक्ष शंकर श्रेष्ठ, फोनिज बागमती समितिका सल्लाहकार सरिता श्रेष्ठ, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष नीर तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्ताेषराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar