धादिङका पुराना व्यवसायी सम्मानित

धादिङका पुराना व्यवसायी सम्मानित

  • Kandara Samachar

  • बिहिबार, पुस १८, २०८१

  • 407
    SHARES
धादिङका पुराना व्यवसायी सम्मानित

रामहरि थापा/धादिङ

धादिङका व्यपापार व्यवसाय गर्ने पुराना व्यवसायीलाई नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले सम्मान गरेको छ ।
बिहिबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अबसरमा ६ जना पुराना व्यवसायी र युवा पुस्तामा सफल व्यवसायीलाई सम्मान गरेको हो ।
धादिङको मलेखु क्षेत्रमा आएर पहिलो पटक चप परिकार बनाएर विक्रि गर्ने तथा माछाको परिकार बनाउने पुराना व्यवसायी छबिलाल मरहट्ठालाई सम्मानपत्र सहित सम्मानित गरिएको छ ।
मलेखु क्षेत्रमा आएर राजमार्ग निर्माण भएको समयमा व्यवसाय सुरु गर्नुभएको थियो । अहिले मलेखुलाई चिन्नेहरुले चप र माछाको प्रमुख बजारको रुपमा चिन्ने गर्दछन् ।
धादिङमा सुरुको समयमा कखुुरा तथा दाना उद्योग संचालन गरेर नेपालमै दाना बनाउन सुरु गर्ने भिमसेन खड्का, कपडा व्यवसाय गर्ने प्रेम प्रसाद पाण्डे, किराना पसल संचलक राजकुमार पौडेल तथा युवा सफल व्यवसायि इश्वरप्रसाद सिलवाल र केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको छ ।
धादिङकाे गल्छी कर कार्यालयमा जिल्लामै धेरै कर तिर्ने तुलसीजंग थापालाई सम्मान गरिएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग तथा व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष भगिरथ सापकोटा, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, जिल्ला सचिव राधिका सापकोटा, लगायतले सम्मानपत्र र खादा ओडाएर सम्मान गर्नुभएको हो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङका अध्यक्ष संजिव त्रिपाठीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा व्यवसायी तथा एमाले नेताहरुले स्वच्छ व्यवसाय गरेर देशमा आर्थिक समृद्धिमा योगदान गरिरहेकाहरुलाई हालको समयमा मन्दीको मार व्यहोर्नु परिरहेको बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar