धादिङ ।
बागमति पउद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमायाँ तामाङले राजमार्ग क्षेत्रको होटल, खाद्यान्न तथा अन्य नियमिन गर्नु स्थान क्षेत्रहरुको अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
आइतबार धादिङबेसीमा उदोग तथा वाणिज्य कार्यालय अनुगमन गर्दै मन्त्री तामाङले राजमार्ग क्षेत्रको अनुगमन बढाएर जनगुनासो सम्बोधन गर्न अनुरोध गर्दै कानून विपरित संचालन भएका सबै किसिमका उद्योग व्यवसायलाई नियमन गर्ने तर्फ अघि बढ्न आग्रह गर्नुभयो ।
सो अबसरमा धादिङ जिल्लाको उद्योग वाणिज्य कार्यालयले गरेका गतिविधिबारे कार्यालय प्रमुख चुडामणिा पुरीले जानकारी गराउनुभयो ।
धादिङमा १० हजार ७९ उद्योग, र ५५६७ वाणिज्य फर्महरु दर्ता भएका छन् । यसमध्ये ५० क्रसर उद्योग, ८५ वालुवा धुने उद्योग, ४३ इट्टा उद्योग समेत छन् ।
मन्त्री तामाङले आइतबार धादिङबेसीको मालपोत कार्यालय, नापी कार्यालयको समेत अनुगमन गनुृभएको छ । मन्त्री संग मन्त्रालयका सचिव राजेन्द्र कुमार केसी सहितको मन्त्रालयको टोलीले अनुगमन तथा निरिक्षण गरेको थियो ।