धादिङ
धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुुभएका सामाजिक अभियनता महिला अधिकार आन्दोलनका अगुवा राधिका सापकोटाले पदभार ग्रहण गर्दै डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा पाइरहेको र २० जना डायलिस सेवा लिने पर्खाइ रहेको तथ्यांक भएकोले सेवा संचालन सबै प्रतिक्षा सूचिमा रहेका सेवाग्राहीलाई उपलब्ध हुनेगरि डायलासिस सेवा संचालनको पहल गर्ने बताउनुुभएको छ ।
धादिङ अस्पतालमा सफा पानी उपलब्ध नहुँदा धेरै सेवा प्रभावित भइरहेको अवस्थामा पानीका लागि बजेट व्यवस्था गरि अस्पताललाई आवस्यक पानी व्यवस्थापन गर्ने र डिपिआर भएको एकसय बेडको अस्पताल निर्माणका लागि तदारुकताका साथ काम गर्ने सापकोटाले बताउनुुभयो ।
बागमति प्रदेश सरकारको मातहतमा रहेको धादिङ अस्पतालले लामो समयको प्रतिक्षापछि बागमति प्रदेश स्वाथ्य मन्त्री स्तरको गतेको निर्णयबाट सापकोटा अध्यक्षमा नियुक्त हुनुुभएको छ ।
काभ्रेको तत्कालिन रयालेमा २०३६ साल चैत ८ गते जन्मनुभएका सापकोटा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै मार्क्सवादी चिन्तन र दर्शनबाट प्रेरित भएर राजनीतिमा समेत सक्रिय हुनुहुन्थ्यो । धादिङको महिला मानवअधिकार रक्षकहरुको जिल्लासंजाल संस्थापक भएर आन्दोलन र सामाजिक अभियान चलाउनुुभएका सापकोटा हिंसा पीडित महिलाहरुको लागि संचालित सुरक्षित आवास गृहको नेतृत्व गर्दै आउनुुभएको छ ।
धादिङ अस्पतालको अध्यक्ष भएपछि उहाँले सहकार्य गरेर अस्पताललाई जनताको सेवामा लागन र आफूपनि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुुभएको छ ।
धादिङ अस्पतालमा स्वागत गर्दै अस्पताल निर्देशक डा. गगन अधिकारीले अस्पतालको बारेमा जानकारी दिँदै नयाँ भवन निर्माणको सुरु गर्ने, जनशक्ति व्यवस्थापन गर्ने र सेवा प्रवाह चुस्त बनाउने विषयमा तथ्यगत जानकारीहरु प्रस्तुत गर्नृभयो ।
धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजाराम रिजाललाई सोही अबसरमा नवनियुुक्त अध्यक्ष सापकोटाले दोसल्ला ओडाएर सम्मान गर्दै सँधै सल्लाह, सुुझाव सहयोगको लागि अपिल गर्नुुभएको छ ।