कृष्णभीरमा दुर्घटना, सतर्कता अपनाउन आग्रह

कृष्णभीरमा दुर्घटना, सतर्कता अपनाउन आग्रह

  • Kandara Samachar

  • आइतवार, मंसिर २३, २०८१

  • 99
    SHARES
कृष्णभीरमा दुर्घटना, सतर्कता अपनाउन आग्रह

धादिङ

भारतीय नम्बरको ग्यास बुलेट धादिङकाे कृष्णभिर नजिक त्रिशूली नदी छेउमा खसेर दुर्घटनामा परेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । बिलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा उद्दार गरिदैछ । घाइते कोहि भएटिएको छैन । चालक सहचालक समेत नभेटिएकोले दुर्घटना स्थलमा खोजी कार्य भैरहेको छ ।

सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध र ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराईदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar