गणेशहिमाल बेसक्याम्प फसेका तिनजनाकाे उद्धार

गणेशहिमाल बेसक्याम्प फसेका तिनजनाकाे उद्धार

  • Kandara Samachar

  • बिहिबार, कार्तिक २९, २०८१

  • 79
    SHARES
गणेशहिमाल बेसक्याम्प फसेका तिनजनाकाे उद्धार

धादिङ

पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्यायन अनुसन्धान पछि संरक्षण क्षेत्र घाेषणाकाे पहलकाे लागि गणेश हिमाल वेसक्याम्प पुगेकाे डिभिजन बन अधिकृत सहितकाे टाेलीकाे फसेकाे ठाउँबाट उद्धार भएकाे छ ।

लेक लागेर र अन्य विरामी परेपछि गणेश हिमाल बेसक्याम्प नजिक धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेका डिभिजन बन अधिकृत सहितकाे टाेलीकाे बिहिबार
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएकाे हाे ।

लेक (हाइ अल्टिच्युट) र चिसोका कारण बिरामी परेर सोमबार रातीदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना र पत्रकार आकाश लम्साललाई उद्धार गरी रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको हिन्दुङ हुँदै काठमाडौं लगिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो ।

हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर उनीहरु ३ दिनदेखि स्वास्थ्य समस्यामा परेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार हिन्दुङ आइपुगेका उनीहरु अहिले आराम गरेपछि नेपाली सेनाकाे हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको अर्यालले जानकारी दिनुभएकाे छ ।
उद्धार गरिएकाहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोलीकात्तिक २२ गते १० दिनका लागि रुवीभ्याली यात्रामा थिए ।
पर्या पर्यटन प्रवर्धन गर्न र अध्यायन अनुसन्धान गरि साे क्षेत्रलाई संरक्षण क्षेत्र घाेषणा गर्नका लागि तिप्लिङकाे लिंजाे हुँदै टाेली गएकाे थियाे । गणेश हिमाल र प्यालदाेर हिमालकाे फेदीबाट बेसक्याम्पतिर जानेक्रममा उनिहरु बिरामि परेका हुन् ।
२७ जना मध्ये ११ जना बुधबार नै फाेन लाग्ने ठाउमा पुगेपछि फाेन गरेर उद्धार गर्न अाग्रह गरिएकाे संचारकर्मी मिलन तिमिल्सिनाले बताउनुभयाे । १३ जनाकाे टाेली हिडेर हिन्दुङतर्फ अाउदै गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar