मनलाग्दि भाडा असुल्दै धादिङका यात्रुबस, १ सय यात्रुकाे भाडा फिर्ता

मनलाग्दि भाडा असुल्दै धादिङका यात्रुबस, १ सय यात्रुकाे भाडा फिर्ता

  • Kandara Samachar

  • बुधबार, अशोज ३०, २०८१

  • 302
    SHARES
मनलाग्दि भाडा असुल्दै धादिङका यात्रुबस, १ सय यात्रुकाे भाडा फिर्ता

धादिङ

धादिङबेसी मलेखु, काठमाण्डौ, नारायणघाट लगायतका स्थानमा जाने यात्रुुबसका यात्रुुहरुले कष्टकर यात्रा र बढी भाडाका कारण दुख पाएका छन् ।
धादिङबेसी मलेखु १७ दशमलब ५ किलोमिटर पिच सडक हो । यहाँको भाडा म्याजिक बसले १ सय ५० रुपैयाँ भाडा असुलेको धादिङबेसी ट्राफिक प्रहरी प्रमुख दुुर्गाप्रसाद गौतमको नेतृत्वमा भएको चेकजाँचको क्रममा जानकारी भएको हो ।
यतिमात्र होइन धादिङ काठमाण्डौको मिनिबसको भाडा २ सय ८० रुपैयाँ पर्ने भएपनि डिलक्स बस भन्दै ३ सय ५० रुपैयाँ भाडा लिएको तिनओटा बसको भाडा समेत ट्राफिक प्रहरीले सम्बन्धीत यात्रुलाई फिर्ता गराएको छ ।
करिब १ सय यात्रुको भाडा फिर्ता गराइउको र गलत तरिकाले यात्रुसंग भाडा लिने मनसाय नभएको भन्दै ग्रामिण यातायात प्रालिका व्यवस्थापक जय भट्टले यात्रुलाई भाडा फिर्ता गराइएको बताउनुुभयो ।
डिलक्स भनेर साधारण मिनिबसमा मानिस लानेगरेको भएपनि यसअघि उजुरी नपरेको र यस पटक भने यात्रुको उजुरीपछि यात्रुले रकम समेत फिर्ता पाएका हुन् ।
चाडवाडमा धेरै यात्रुआएको बेला टिकट काटेका यात्रुलाई बिहान ६बजेदेखि बजारमा छाडेर केही यात्रुुबस र केही हाइस समेत धादिङबेसी नआइ बिचबाटोबाटै काठमाण्डौतर्फ अन्य सडकका यात्रुबोकेर समेत गएको पाइएको छ ।
हाइस भनेर चिनिएको माइक्रो बसको काउण्टरले धादिङबेसी बिचबजारमा काउन्टर राखेपनि दशेँको मौकामा यात्रुसंग चर्को भाडा लिएको खुलेको छ । काउन्टर बन्द गरेर बाहिर बाहिरबाट यात्रुराखेर ६सय देखि १ हजारसम्म रकम असुल गरि काठमाण्डौ लान लागिएको अवस्थामा ५ ओटा हाइसलाई कारबाही समेत ट्राफिक प्रहरीले गरेको छ ।
यात्रुलाई रिजर्भ गरेको भनेर समेत यसरी यात्रुठगिएको गुनासो आइरहेको छ । हाइसका लागि ३ सय २० रुपैयाँ तोकिएको भाडा हो ।
बिहान १०÷११ बजेको समयमा एकै पटक ५ सय भन्दा बढी यात्रुभएको समयमा यात्रुहरुले बढी दुख खेपेको गुनासो समेत गरेका छन् ।
बस टिकट काउन्टरले चलानी बनाउँदा समेत कुनैपनि यात्रुको नाम नै नराखी बनाउने गरेको, बढी भाडा लिएर पठाउने गरेको, दशैँको बेला भनेर यात्रुलाई भन्ने गरेको, अहिले त हो कमाउने भन्ने गरेको जस्ता गुनासो यात्रुहरुको छ ।
टिककाउन्टरमा मानिसको भिड लागेको भएपनि महंगो भाडा लिन पाइने भएपछि यहाँका केही यातायात व्यवसायिका कारण समग्र रुपमा यातायात व्यवसाय नै बदनाम भएकोले इमान्दारपुुर्वक यातायात संचालन गर्नु पर्ने व्यवस्थापक भट्टको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar