हालसम्म झ्याप्ले खाेलामा १७ शब, ३ बस, १ माईक्राे निकालियाे । थप एक बस र ३ शब भेटियाे

हालसम्म झ्याप्ले खाेलामा १७ शब, ३ बस, १ माईक्राे निकालियाे । थप एक बस र ३ शब भेटियाे

  • Kandara Samachar

  • आइतवार, अशोज १३, २०८१

  • 937
    SHARES
हालसम्म झ्याप्ले खाेलामा १७ शब, ३ बस, १ माईक्राे निकालियाे ।  थप एक बस र ३ शब भेटियाे

धादिङ ।

त्रिभुवन राजपथ स्थित धुनिबेसी नगरपालिकाकाे झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ।
नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ।
उद्धारमा सम्लग्न साेही स्थानका जनप्रतिनिधि विक्रमजंग रानाले एउटा बस र ३ शब निकालिएकाे जानकारी दिनुभयाे ।
शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ।
उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ।
झ्याप्लेखाेलामा हालसम्म १७ शब निकालिएकाे छ । १४ शब शनिबार नै निकालिएकाे धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाणडेले जानकारी दिए ।
अहिलेसम्म सामान्य क्षतिभएका ६ अाेटा बस, माईक्रो बस, र पुरिएको अवस्थामा ४ अाेटा बस खाेजतलास गरिएकाे छ ।
सडककाे दुबैतर्फ पहिराे र लेदाे अाएपछि बिचभागमा पुरिएकाे स्थानमा उद्धारकर्मिहरु ढिलाेगरि पुगेका थिए । झ्याप्लेखाेला क्षेत्र राजमार्ग अस्तव्यस्तछ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar